अमेरिका–चीन ब्यापार युद्धः विश्वका सम्पुर्ण देशको अर्थतन्त्र प्रभावित हुने


हङकङ (एजेन्सी)
विश्वका दुई सबैभन्दा ठुला अर्थतन्त्र ब्यापार युद्धको कुरुक्षेत्रमा उत्रिसकेका छन् । युद्ध शुरु भइसकेको छ, तर यसको असर कति खराब हुनसक्छ भन्ने आंकलन कसैले गर्न सकेको छैन ।

अमेरिकाले चीनबाट आउने सामानहरुमा ब्यापक भंसार शुल्क लगाउने फैसला गरे र चीनले पनि त्यहि स्वरुपमा जवाफ दिने निर्णय गरे । अमेरिकाले शुक्रबारबाट ३४ अर्ब डलरको चिनिया सामान आयातमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउन थालेको छ । चीनले पनि शुक्रबार देखि नै अमेरिकी सामानमा पनि भन्सार कर लगायो ।

अमेरिकाबाट आयात हुने करिब ५ सय ४५ सामानमा उक्त शुल्क लगाइएको सरकारी अखबारले जनाएको छ । चीनको यो फैसलाले पनि ३४ अर्ब डलर बराबर अमेरिकी आयातलाई प्रभावित पार्नेछ ।

अमेरिकामा चीनबाट आयात हुने उत्पादनमा अतिरिक्त शुल्क लगाउने फैसला अनुरुप शुक्रबारदेखि ती बस्तुमाथि २५ प्रतिशत शुल्क लाग्न सुरु गरेको छ । अर्थात अमेरिकी उपभोक्ताका लागि ती बस्तु अब २५ प्रतिशत महंगो हुनेछ । यसमा चीनमा बनेका सेमिकन्डक्टर चिप पर्छन् । यो चिप टेलिभिजन, कम्प्युटर, स्मार्टफोन, गाडी र देनिक प्रयोग हुने विद्युतिय उपभोग्य सामानहरुमा प्रयोग हुने गर्छ ।

त्यसैगरी अमेरिकाले प्लास्टिक, परमाणु रिएक्टर र डायरीका सामान बनाउने मेसिनहरुमा पनि अतिरिक्त शुल्क लगाएको छ । अमेरिकाले जुन बस्तुहरुमा अतिरिक्त शुल्क लगाएको हो , तिनीहरु अन्य बस्तु उत्पादनमा प्रयोग हुने गर्छ । त्यसैले यसको असर अन्य बस्तुहरुको उत्पादन र बजारमा पर्न सक्ने पिटर्सन इन्स्टिच्युट अफ इन्टरनेसनलले जनाएको छ ।

अमेरिकाले चीनको २०२५ निति अनुससार उत्पादन भइरहेका बस्तुहरुमाथि अतिरिक्त शुल्क लगाउन चाहेका छ । चीनले ‘मेड इन चाइना २०२५ ‘ नितिलाई सार्वजनिक गरिसकेको छ ।
अमेरिकाको यी कदमको बदलामा चीनले पनि अमेरिकी उत्पादनहरुमा अतिरिक्त शुल्क लगाएको छ ।

चीनले ५ सय ४५ अमेरिकी उत्पादनहरुमा अतिरिक्त भंसार शुल्क बढाएको छ । अतिरिक्त शुल्क लगाइएका ती बस्तुहरुमा ९१ प्रतिशत उत्पादनको सम्बन्ध कृषिजन्य उत्पादसँग रहेको छ । चीनले सिधै किसान र कृषिसँग जोडिएका उद्यमीमाथि आक्रमणको निसाना बनाएको छ । अमेरिकामा यो समुह अमेरिकी राष्टपति चुनावमा भोट बैंकको महत्वपुर्ण हिस्सा मानिन्छ ।
चीनले गाडीमा पनि शुल्क बढाएको छ । अब अमेरिकामा बन्ने फियट, टेस्ला, क्राइस्लर जस्ता गाडीहरु चीनमा महंगो हुनेछ । त्यसैगरि मेडिकल सामान, काइला र कच्चा तेलमा पनि केहि शुल्क बढाइएको छ ।

यो ब्यापारयुद्धको सुरुवाटसँगै चीनमा चिन्तित ब्यापारीहरुले अत्यधिक सावधानी अपनाउन थालेको र विश्वासको वातावरण गुम्दै जाने स्थिति उत्पन्न हुन सक्ने अनिश्चिततालाई रोक्न ब्यापक प्रयास भइरहेको देखिन्छ । यदि कम्पनीहरुले आफनो काम विस्तार गर्न र आफनो ब्यापार विस्तारबाट पछि हट्छ भने यसको असर एसिया र अन्य देशमा पनि पर्ने निश्चितछ ।

यो झगडाले विश्व भरीनै असर पार्ने भएपनि सबैभन्दा धेरै चीन र अमेरिकामै प्रभावित हुने निश्चित छ । ब्यापार युद्धले दुबै देशको कुल गार्हस्थ उत्पादनमा सुन्य दशमलव २५ प्रतिशत घट्न सक्ने अनुमान गरिएको छ । अर्को बर्ष यो स्थिति झन विग्रन सक्ने र विकाश दरमा सुन्य दशमलव ५ प्रतिशत सम्म कम हुन सक्छ ।

चीनको विकाश दर ६–७ प्रतिशत र अमेरिकाको २–३ प्रतिशत रहेकोमा चीनको तुलनामा अमेरिकालाई यसले धरै नोक्सान पुर्याउन सक्ने अनुमान गरिएको छ ।

अमेरिकाको रवाफ

चीनको वाणिज्य मन्त्रालयले वेबसाइटमा एक विज्ञप्ती जारी गर्दै भनेको छ– अमेरिकाद्वारा इतिहासकै सबैभन्दा ठुलो ब्यापार युद्धको सुरुवाट गरेपछि चीन आफना नागरिक र देशको हितको रक्षा गर्न सबै आवश्यक तथा जवाफी कदम उठाउन बाध्य छ ।

मन्त्रालयले भनेको छ – यो शुल्क वास्तवमा रवाफ देखाउनु जस्तो हो । जसको विश्व उद्योगमा गम्भिर प्रभाव पर्नेछ । यसले विश्व आर्थिक स्वस्थतामा पनि ब्यवधान आउनेछ ।

अमेरिकाको यस कदमले निर्दोष अन्तरदेशिय कम्पनी, सामान्य कम्पनी मात्र नभई विश्वब्यापी ग्राहकमाथि पनि असर पर्ने चीनले बताएको छ । चिनियाँ मन्त्रालयले यस युद्धले अमेरिकी उद्योग तथा ग्राहकहरुलाई पनि प्रभावित गर्ने जनाएको छ ।

अमेरिकी चेम्बर्स अफ कमर्स इन चाइनाका प्रमुख विलियम जेरिटले ग्लोबल टाइम्सलाई यस प्रकारको ब्यापार युद्धको विजेता कोही नहुने बताएका छन् । आयातमाथि एक अर्कामाथि लगाइएको करले अमेरिका र चीनको अर्थब्यवस्थालाई मात्र नभइ विश्वको सबै देश प्रभावित हुने उनले बताए ।