आगो लगाई श्रीमतीको हत्या

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेका छन् । जिल्लाको बाणगंगा नगरपालिका ४, झुँगाका ३८ वर्षीय नरबहादुर मगरले आफनै श्रीमती ३१ वर्षे कुमारी मगरलाई आगो लगाई हत्या गरेका हुन् ।
शरीरमा आगो लागेर गम्भीर घाइते भएकी कुमारीलाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर पिपरा लगिएको थियो । अस्थायी प्रहरी पोष्ट जहदीका प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद अधिकारीको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि अस्पताल पु¥याएको हो । तर त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरी सहायक निरीक्षक अधिकारीले बताउनुभयो । घाइतेको मिसन अस्पतालमै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पाल्पा मिसन अस्पतालमा राखिएको र आवश्यक अनुसन्धानपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । श्रीमतीलाई आगो लगाई हत्या गरेको अभियोगमा श्रीमान् नर बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडाका कारण नरबहादुरले श्रीमतीको शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय पिपरामा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभएको छ ।