सवारी दुर्घटना हुदा आक्रोसित समूहद्धारा ट्रिपरमा आगलागी

0
Shares

काभ्रे ।

काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
घाईते दुवैको शिर मेमोरियल अस्पतालमा औपचारिक उपचार पछि चिकित्सकहरुले काठमाडौं रिफर गरेको प्रहरीले जनाएको छ ।

बा ३ ख ७०९१ नम्बरको ट्रिपरले ठक्कर दिएको हो भने दुर्घटनापछि आक्रोसित समूहले ट्रिपरमा आगो लगाउँदा मोटरसाइकल पनि जलेका कारण अझै सम्म मोटरसाइकलको नम्बर खुल्न नसकेको प्रहरिले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक ९ का पुष्पराज हुमागाइँ र उनकी श्रीमती लक्ष्मी हुमागाइँ घाइते भएका छन् ।