उरुग्गेविरुद्ध फ्रान्स २–० ले अग्रता लिदै सेमिफाईनल प्रवेश



नेपाल समाचारपत्र, काठमाण्डौ ।
रुस विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट शुरु भएका छन् । खेलमा जारी पहिलो क्वार्टरफाइनल खेल उरुग्वेविरुद्ध फ्रान्सले खेल शूरु भएको ४० मिनेटमा १–० ले अग्रता लिएको थियो भने अर्को ६२ मिनेटमा गोल गर्दै २–० ले खेलमा अग्रता हासिल गरेको छ । जसमा पहिलो गोल अस्मनी डेम्बेले र दोस्रो गोल किलिएन एम्बाप्पेले गरेका थिए ।
रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्सको खेल नेपाली समयअनुसार आज ७ः४५ बजे बाट शुरु भएको हो ।
अब खेलको विजेता प्रान्सको टोलीले सेमिफाइनलमा बेल्जियम वा ब्राजिलमध्ये एकको सामना गर्नेछ भने पराजित उरुग्गेको टोली यहि क्वाटरफाइनलबाट ने बाहिरिएको छ । ब्राजिल र बेल्जियमबीचको खेल आज राती ११ः४५ बाट शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्