खेलाडी रोकायालाई आर्थिक सहयोग

0
Shares

काठमाडौँ ।
कीर्तिमानी पूर्वधावक हरिबहादुर रोकायालाई स्वास्थ्योपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट रोकायालाई यहाँ आज रु एक लाख रुपैयाँ प्रदान गरिएको हो । कोषका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव केशवकुमार विष्टले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

जुम्ला खलङ्गा बजार निवासी ५४ वर्षीय रोकाया राखेपअन्तर्गत जुम्ला जिल्ला खेलकुद विकास समितिको एथलेटिक्सका स्थायी प्रशिक्षक हुनुहुन्छ । यही असार २ गते अचानक अस्वस्थ भएपछि रोकायालाई जुम्लाबाट उपचारका लागि काठमाडौंँको बाँसबारीस्थित न्यूरो अस्पताल ल्याइएको थियो । चारदिन अघि अस्पतालबाट फिर्ता हुनुभएका रोकायाको नशामा समस्या भएको बताइएको छ ।

रोकाया विश्वको अग्लो भागमा हुने एभरेष्ट म्याराथनका लगातार तीन पटकका विजेता हुनुहुन्छ । रोकायाले चार दक्षिण एशियाली महासंघीय खेलकुद ९अहिले साग०, दुई दुई एशियाली खेलकुद र ओलम्पिक गेम्समा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । रोकायाले विभिन्न अन्तर्राष्ट्रिय एथलेटिक्समा सहभागिता जनाई २ स्वर्ण, १ रजत र ४ कांस्य पदक प्राप्त गर्नुभएको छ । एथलेटिक्सको ५ हजार र १० हजार मिटर दौडबाट खेलकूद शुरु गर्नुभएका रोकायाको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ ।
रासस