भलभला अष्टमीका दिन मनाइने त्रिशूलजात्रा आजबाट शुरु

0
Shares

काठमाडौँ ।
पशुपति क्षेत्र देवपटनस्थित भलभला अष्टमीका दिन मनाइने त्रिशूल जात्रा आज शुरु भएको छ ।
भुवनेश्वरी तथा जयबागेश्वरीका पुजारी माइला आचाजुअनुसार राक्षसका शिशुहरुलाई भुवनेश्वरीदेवीको त्रिशूलबाट रोपी विजयी उत्सवस्वरुप त्रिशुल जात्रा मनाइन्छ । नेवारी भाषामा यसलाई मचा तीः यात्रा भनिन्छ । करीब दुई हजार वर्ष पुरानो इतिहास बोकेको त्रिशूल जात्रा बकासुर राक्षससँग जोडिएको छ ।
हाल चण्डेश्वरी, वत्सलामाई देवी र जयवागेश्वरीबाट खटजात्रा निकालिन्छ । पशुपति क्षेत्र विकास कोषबाट जात्रा मनाउनका लागि दिइने बजेट रकम अपुग भएको स्थानीयवासी श्यामराज डंगोल बताउनुहुन्छ ।
रासस