उरुग्गेविरुद्ध फ्रान्स २–० ले अग्रतामा



नेपाल समाचारपत्र, काठमाण्डौ ।

रुस विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट शुरु भएको छन् ।  खेलमा जारी पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेविरुद्ध फ्रान्सले १–० को अग्रता लिएको हो ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्सको खेल नेपाली समयअनुसार अहिले ७ः४५ बजे बाट शुरु भएको हो । खेल शूरु भएको ४० मिनेटमा फ्रान्सले  गोलको शुरुवात गरेको थियो भने अर्काे गोल ६२ मिनेटमा गरेको छ ।

खेलको विजेता टोलीले सेमिफाइनलमा बेल्जियम वा ब्राजिलमध्ये एकको सामना गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । ब्राजिल र बेल्जियमबीच यसखेल पछि ११ः४५ बाट शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्