झापामा साढे १६ हजार जनालाई वैदेशिक रोजगार परामर्श सेवा

0
Shares

काठमाण्डौ ।
भद्रपुर(ने.स)वैदेशिक रोजगारीको लागि विभिन्न देश जान लागेका मध्ये चालु आर्थिक बर्षको असार २२ सम्म परियोजनाको सम्पर्कमा आएका ८ हजार ६ सय ७८ जनालाई सुरक्षित रोजगारका लागि परामर्श सेवा दिएको छ । बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको सुरक्षीत आप्रवासन परियोजना(सामी) झापाले शुक्रबार पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाएको हो ।

परियोजनाले ३३ सय १८ महिला र ५३ सय ६० पुरुषलाई परामर्श दिएको जनाएको छ । त्यसैगरी वैदेशिक रोजगारीमा पठाउने बाहनामा ठगिमा परेका एकसय ९५ वटा परेको उजुरी मध्ये ८३ जनालाई न्याय दिलाई ७२ लाख १४ हजार रकम फिर्ता गराएको परियोजनाका झापा संयोजक हरि प्रसाद मैनालीले प्रगती बिवरण मार्फत जानकारी गराएका थिए ।

उनले २७ जनाको पासपोर्ट समेत फिर्ता दिलाउन सफल भएको जानकारी गराएका थिए । त्यस्तै ८१ जनालाई न्यायमा पहुँच, १ सय १७ जनालाई सीपमुलक तालिम प्रदान गरिएको उनले बताएका छन् । युवायुवती बैदेशिक रोजागरीका नाममा अझै ठगिरहेको उनले बताए । स्थानीय जनप्रतिनिधिले अन्य विषयको उठान भइरहेपनि वैदेशिक रोजगारले ल्याएको समस्याका बारेमा वाडस्तरमा समेत कुरा नउठाएकोमा चिन्ता व्यक्त गरेका थिए ।

स्वीस सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ बाट सुरू गरेको यस परियोजनाले ३ वर्षे अवधिमा झापामा १६ हजार ८ सय ८ जनालाई परामर्श सेवा प्रदान गरेको जनाएको छ ।