नेपालगञ्ज–नयाँदिल्लीको उडान तालिका स्वीकृति

0
Shares

काठमाडौ ।
सन् २०१९ को जनवरी १ देखि लागु हुने गरि नागरिक उडड्यन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज–दिल्लीको उडान तालिका स्वीकृत गरेको छ ।
यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो । मन्त्रालयले दैनिक ३ उडान गर्ने गरि स्वीकृत गरेको मन्त्रालयका उप–सचिव प्रमोद नेपालले बताउनु भयो ।
यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ ।

बुद्ध एयरले भनेको उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरु गरिरहेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको घुइचो लाग्ने गरेको त्यसको लाभ नेपालले पनि प्रात्त गर्न सक्ने भनिएको छ ।
यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरु सँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको छ ।

यस उडानबाट सुदुर पश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, ःवर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरुलाई पनि आकर्षित गर्नेछन् ।

नेपालगञ्ज–नयाँदिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगञ्ज–पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा जनाएको छ ।
मन्त्रालयका अनुसार आगामि वैशाख १ बाट उडान भर्ने गरि नेपाल गञ्जविमानस्थललाई अन्तराष्ट्रिय स्तरको रुपमा स्तरउन्नती गरेर संञ्चालनमा ल्याउने तयारी रहेको उप–सचिव नेपालले बताउनु भयो ।