दशरथचन्द नगरपालिका साक्षर घोषणा

0
Shares

विनोद सिंह, विष्ट–बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकालाई आज एक कार्यक्रमका साथ साक्षर नगरपालीका घोषणा गरीएको छ । नगरपालिका भित्र रहेका १५ देखी ६० वर्ष उमेर समुहका कुल १९ हजार ६ सय ५३ जना मध्ये १८ हजार ९ सय ६ जना साक्षर भएकोले कार्यक्रमका बिच नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरीएको हो । यो साक्षर भएको कुल ९६.१९ प्रतिशत जनसंङख्या हो ।

राष्ट्रिय साक्षरताको मापदण्ड अनुसार १५ देखी ६० वर्ष उमेर समुहका ९५ प्रतिशत माथी जनसङख्या साक्षर भएमा साक्षर घोषणा गर्न सकिन्छ ।

बैतडी जिल्लालाई केही दिनमै साक्षर जिल्ला घोषणाको तयारी भैरहेको छ । नगर प्रमुख नरेन्द्र सिहं थापाको अध्यक्षतामा भएको साक्षर घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी विशिष्ठ अतिथी रहनुभएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख मोहन नाथले बताउनुभएको छ ।