उदयदेव किशोरी समुहको सक्रीयतामा रोकियोे बालबिवाह

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
किशोरीहरुले बैतडीको शिवनाथ गाउँपालिकामा वडा नम्बर ५ मा आज हुने भनिएको एक बालविवाह रोकेका छन् । एक १८ वर्षीया बालीका मिना प्रहरीको बिवाह उदयदेव किशोरी समुहको सक्रीयतामा रोकिएको सयुक्त राष्ट्रसंघिय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । आज विवाह हुने तयारी भएको थाहा पाएपछी बालक्लबका प्रतिनीधीहरु पुगरे बालीका र उनको परिवारलाई बाल विवाह नगर्न सुझाव दिएको थियो । तर उनीहरुले नमानेर आज विवाह गर्न तयारी गरेका थिए । पछी बालक्लबका प्रतिनीधीहरुले प्रहरीलाई खबर गरेर प्रहरीको सहयोगमा बालबिवाह रोकीएको उहाँले बताउनुभयो । अब २० वर्ष पुरा भएपछी मात्र उनीहरुलाई बिवाह गर्न सुझाव दिएको बालक्लबका प्रतिनीधीहरुले बताएका छन् । बैतडीको विभिन्न स्थानमा गरेर बालबिवाह अन्यका लागी भन्दै २४ वटा किशोरी समूह गठन गरिएका छन् । ती किशोरीसमूहरुले बालबिवाह रोकिराखेका छन्।
सामाजिक कुसंस्कारका कारणले बैतडीमा अझै पनि बालबिवाहका घटना भईरहेका छन्। अशिक्षा, आर्थिक अवस्था कमजोर तथा सानै उमेरमा छोरी बिवाह गरे पुण्य पाईन्छ भन्ने गलत मान्यताका कारणले पनि बालबिवाह भईरहेका छन् ।
बैतडीलाई सन २०२२ सम्म बालबिवाह अन्त्य जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ ।