नेकपामा नेताले चलाइएको शिक्षण अस्पताललाई करमा भारी छुट

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले करमा भारीछुट पाएको छ ।
एकैपटक ठूलो रकम छुट दिएर वीरगन्ज महानगरपालिकाले उक्त कलेजलाई उन्मुक्ति दिएको भन्दै बिरोध भएको छ । २०६० सालदेखि वीरगन्ज महानगरपालिका१५ भेडियाहीमा सञ्चालित कलेजले विभिन्न बहानामा घरजग्गा कर, व्यवसाय कर तिर्न अटेर गर्दै आएको थियो । तत्कालिन वीरगन्ज नगरपालिकाले २०६७, २०६८, २०७० सालमा र त्यसपछि पनि पत्र पठाएर कर तिर्न आग्रह गर्दा समेत नेशनल मेडिकल कलेजले अटेर गरेको थियो ।

आर्थिक वर्ष २०७३र७४ सम्म कलेजले पहिलेको घरजग्गा कर तथा ४ वर्षदेखि लागु गरिएको एकीकृत सम्पत्ति करबापत महानगरलाई १० करोड ३८ लाख ११ हजार तिर्नुपर्ने थियो ।तर, वीरगन्ज महानगरपालिकाले विवाद सल्टाउने नाममा एमाले (हाल नेपाल कम्युनिस्ट पार्टी) नेता समेत रहेका बसुरुद्दिन अन्सारीको कलेजलाई घरजग्गा तथा एकीकृत सम्पत्ति करमा एकैपटक ६ करोड छुट दिएको छ ।महानगरको दोस्रो नगरसभाले ४ करोड ९४ लाख ७८ हजार २ सय ६९ रुपैयाँ ४२ पैसा बुझाउनुपर्ने निर्णय गरेको हो । कलेजले पनि असार १५ गते रकम बुझाएको छ ।

कलेजले असार १५ गते ३ करोड ५९ लाख १४ हजार ३ सय ५७ रुपैयाँ पाँच पैसा जम्मा गरेको थियो । यसअघि कलेजले करबापत २०७१ माघ ३ गते १ करोड २९ लाख ३२ हजार र २०७२ साउन ७ गते ६ लाख ३१ हजार रकम बुझाइसकेको थियो ।यद्यपी वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले भने विगतमा स्याटलाइटबाट तस्वीर खिचेर, अनुमानको आधारमा कर निर्धारण गरिएको र सडकमा जोडिएको र पछाडिको जग्गाको करको दर पनि एकै बनाईएकोले करमा छुट भएको बताए ।