प्रा डा गौतमलाई पत्नीशोक

0
Shares

काठमाडौँ ।
शिक्षाविद् एवं तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.माधवराज गौतमलाई पत्नीशोक परेको छ ।

मधुमेह र उच्च रक्तचापले पीडित उहाँकी श्रीमती लक्ष्मीको ५७ वर्षका उमेरमा आज उहाँको निजी निवास चाबहिलमा निधन भएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
रासस