फौज्दारी संहिता परिमार्जनका क्रममा

0
Shares

काठमाडौँ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले उहाँले सरकारले चाँडै सार्वजनिक पद धारण गर्ने व्यक्तिको जीवन सार्वजनिक गर्ने कानुन ल्याउन थालेको जानकारी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन’ विषयको अन्तरक्रियामा उहाँले फौज्दारी संहितामा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुरा रहेकाले परिमार्जनका क्रममा रहेको बताउनुभयो । ‘‘फौज्दारी संहिता कानुनमा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुरालाई हामीले संशोधन गर्न थालेका छौँ’’ उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रतालाई निषेध गर्न दिँदैनाँै, नियमन गर्दछौँ ।’’

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको वर्गाीकरण नभएकाले सूचना दिन समस्या भएको बताउनुभयो । उहाँले ९० प्रतिशत कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेर सूचनाको हकलाई कार्यान्वयन गराएका छन् भन्दै मुलुक संघीय संरचनामा भइसके पनि प्रदेशस्तरमा आयोग खोल्नुपर्ने बताउनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाडाँै जिल्लाभरीका सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरिएको बताउनुभयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले जनतालाई सूचनाको हकबारे जानकारी गराउन महासंघले देशव्यापीरुपमा कार्यक्रम गरिरहेको बताउनुभयो ।

प्रेस काउन्सिलका नेपालका सदस्य तथा महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईँले सूचनाको हक कार्यन्वयन गर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महासंघ काठमाडाँैँका अध्यक्ष सन्तराम बिंडारीले पत्रकारले पत्रकारिताको माध्यमबाट सूचनाको हकलाई कार्यन्वयन गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा लक्ष्मण बजगाईँले लेख्नुभएको ‘रातोमुख’, ‘घरदैलो’ र ‘चटपटे’ कृति तथा सुधा पाल्पालीको बालकथा ‘कमिलाको मातृभूमि’ विमोचन गरिएको थियो ।
रासस