कठमाडौँको बालाजु क्षेत्रमा बिजुली ठप्प



नेपाल समाचारपत्र, काठमाडौं ।
सडक विस्तारका लागि बालाजु क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार, बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

बालाजु–नागार्जुन फिडरअन्तर्गत एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हँुदै एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । यसैगरी, बालाजु — धर्मस्थलीअन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तीनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्