अण्डा फँयाक्नेलाई कार्वाही नगर्ने



सोल, (एजेन्सी)
कोरिया फुटबल संघ (केएफए) ले विश्वकप सकाएर घर फर्केको कोरियाली टोलीमाथि अण्डा फँयाक्ने समर्थकविरुद्ध कुनै कार्वाही नगर्ने जनाएको छ । कोरियाली टोली सोमबार सोलमा इन्चोन विमानस्थलमा फोटोका लागि पोज दिन लाग्दा केही समर्थकले अण्डा फँयाकेका थिए ।

दक्षिण कोरियाले पहिलो दुई खेल हारेर अन्तिम खेलमा जर्मनीलाई २–० ले हराएको थियो ।
योनहाप समाचारले जनाएअनुसार केएफएले विमानस्थलका प्रहरीलाई कुनै कार्वाही नगर्न भनेको छ । इन्चोन विमानस्थलका प्रहरी अधिकारीले भने—हामी पहिला केएफएको आशय बुझ्छौ । यदि उनीहरु चाहेमा हामीले आक्रमक समर्थकलाई सजाय दिनेछौ । अण्डा फँयाकिरहँदा कोही खेलाडीलाई लागेको थिएन ।

यसअघि चार वर्ष अगाडि पनि कोरियाली टोलीमाथि टफी फयाँकिएको थियो । दक्षिण कोरियामा यस्तो प्रहार गर्नु भनेको अपमान सम्झन्छ ।

प्रतिक्रिया दिनुहोस्