अंगदान गरी अष्ट्रेलयाली अंग्रेजी भाषा शिक्षक चीनमा हिरो बने

0
Shares

बेइजिंग , ( एजेन्सी)
फिलिप ह्यान्कोक चीनमा अग्रेजी भाषा शिक्षकको रुपमा कार्यरत थिए । गत महिना अचान बिराम िपरेर उनको मृत्यु भयो । अष्ट्रेलयाली ह्यान्कोकको मृत्युपर्यन्त विभिन्न अंग दान गर्ने निर्णयको चीनभरि निकै प्रशंसा भयो।

उनको यस दानी कामको कारण पाँचजना मानिसको जिवनमा परिवर्तन भयो । २७ वर्षिय ह्यान्कोकको गत ९ मेमा चोंगक्विंग शहरमा टाइप – १ डायबिटिजको जटिलताको कारण निधन भएको थियो ।

चीनको रेडक्रस सोसायटिका अनुसार उनी चोंगक्विंग शहरको अंग दान गर्ने पहिलो विदेशी हुन् । साथै उनी चीनभरिमै अंगदान दिने सातौं विदेशी नागरिक बनेका छन् ।

ह्यान्कोकका मृगौला र कलेजो तीनवटा ज्यान बचाउने शल्यक्रियामा प्रयोग गरिएका थिए । उनको कोर्नियाको प्रत्यारोपणको कारण दुईजना मानिसले फेरी हेर्नसक्ने भएका थिए । चीनमा मानव अंगदान अझै लोकप्रिय हुन सकेको छैन । यो विश्वकै सबैभन्दा कम अंगदान दर भएको मुलुक मानिन्छ ।

अंदानकै कारण चिनिया सामाजिक संजालमा निकै चर्चित हुन पुगेको उनलाई हिरो र देवदुतको समेत संज्ञा दिइएको थियो र्। कजनाले सामाजिक संजालमा लेखेका थिए , ‘ तिमी आफुले बचाएका मानिसहरु मार्फत यो धर्तीमा बाँची रहन्छौ ।

चार वर्ष देखि चीनमा वसोवास गर्दै आएका उनी अचानक डायबिटिजको शिकार भएर बिरामी परेका थिए । हतारिएर चीन आइपुगेका उनका परिवारले उनलाई अस्पतालमा अचेत अवस्थामा मात्र भेट्न पाएका थिए ।

डाक्टरहरुले तिनीहरुलाई अस्पतला लयाइँदै गर्दा बाटोमै केहिबेर उनको मुटुको घडकन रोकिसकेको जानकारी दिएका थिए ।

थुप्रै अस्पतालमा गरिएका परिक्षणबाट ह्यान्कोकको मष्तिस्क मृत अवस्थामा पुगेको प्रमाण भेटिएको उनका पिता पिटर ह्यान्कोकले विविसिलाई बताएका छन् । पिटरले भनेका छन् , ‘ केहि गर्न सकिने स्थिती नै थिएन । हामीलाइृ उनले प्राण त्यागिसके भन्ने थाहा थियो । छुँदा भने उनी अझै तातै थिए, उनको मुटु धडकिनै रहेको थियो ।

डाक्टरहरले उनलाई लामो समय लाइफ सपोर्टमा राख्दा साथ उनको अंगहरु बिग्नथाल्ने जानकारी दिए । हामी लाइफ सपोर्ट स्विच अफ गर्ने कि नगर्ने भन्ने अन्यौलमा प¥यौं । अधिकांश मानिसले आफ्ना अंग दान दिनेबारे जिकिर गदैनन् । तर ह्यान्कोकले जिउँदै छँदा आफु कहिले तलमाथि प¥यो भने आफ्ना अंग दान गर्न अनुरोध गरेका थिए ।

संधै अरुलाई केहि न केहि मद्धत गर्न चाहने स्वभावका भएरै उनले शिक्षण पेशा रोजेका थिए । ’ मृत्युपछि पनि मानिसको शरिर दुरुसत हुनुपर्ने परम्परागत विशवासको कारण पनि चीनमा मानिसहरुले अंगदान गर्न नरुचाउने गरेको विशेषज्ञहरुको भनाइ रहेको छ ।

हंगकंग अंग प्रत्यारोेपण प्रतिष्ठानका अध्यक्ष डाक्टर केलिभन होका अनुसार अंगदान गर्ने इच्छा व्यक्त गरिसकेका बिरामीहरुलाई डाक्टरहरुले पनि राम्ररी उपचार नगर्ने गलत सोचको कारण पनि मानिसहरु अंगदान गर्न हिच्किचाउने गरेको विविसिलाई बताउँछन् ।

तैपनि पछिल्ला समयमा चीनमा अंगदान गर्नेहरुको संखया बढ्दै गएको र सन् २०१७ मा ५ हजार ३ सय भन्दा बढिले अंगदान गरेको डा. हो बताउँछन् ।