म्याराडोनाको मृत्युको झुठो खबर


ब्युनोस आयर्स, (एजेन्सी)
डिएगो म्याराडोनाको मृत्युको झूठो खबर दिने व्यक्तिको पहिचान गर्नेलाई १० हजार डलर पुरस्कार दिने बताइएको छ ।

गत नाइजेरिया र अर्जेन्टिनाबीचको खेलपछि म्याराडोनाको मृत्यु भएको एउटा भ्वाइस मेलमार्फत् विश्वमा फैलिएको थियो । भ्वाइस मेलमा बोल्ने व्यक्तिले यी ५७ वर्षीय स्टारलाई अस्पतालमा भर्ना गराइएको छ र ह्दयघातको कारण उनको निधन भयो ।

म्याराडोनाका वकिल माटियास मोरलाले अर्जेन्टिनाको दैनिक अखबार क्लेरिन मा बताए—मैले ती व्यक्तिलाई ३ हजार पेसोस (करिब १० हजार डलर) को इनाम दिने फैसला सार्वजनिक गर्न निर्देशन दिएको छु । इनामका लागि अडियो सन्देशमा बोल्ने व्यक्तिबारे सहि सूचना दिने सक्नुपर्छ ।

म्याराडोना खेलको अन्तसम्म विरामी देखिएको थियो । उनलाई केही व्यक्तिले सहारा दिँदै स्टेडियम बाहिर लगिएको थियो । मोरलाले बताए कि म्याराडोनालाई रक्तचाप सम्बन्धि समस्या भएको थियो।

यो झुठो खबर फैलाउन अगाडि नै म्याराडोनाले उनको इन्स्टाग्राममा आफु ठिक भएको तस्वीर पोस्ट गरेका थिए । उनले लेखेको थिए—म ठिक छु । मलाई केही भएको छैन ।