प्लेयर्स टू वाच: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)


उरुग्वे संतुलित टोली हो । पोर्चुगलले यो टोलीसँग जित्न यसका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि नै निर्भर हुनेछ, यसमा शंका हुँदैन । पोर्चुुगल यहाँसम्म पुग्न रोनाल्डोकै भुमिका रहेको छ । स्पेनविरुद्ध हार्नै लागेको खेलमा ह्याट्रिक गर्नु र मोरोक्कोविरुद्ध १–० को जित हात पार्दा निर्णायक गोल उनीबाट भएको थियो। ४ गोल गरेर गोल्डेन बुट जित्ने दाउमा रहेका रोनाल्डोलाई ५ गोल गरेर टक्कर दिइरहेका छन् इंग्ल्याण्डका ह्यारी केनले ।

४ गोल गर्नेमा उनी बेल्जियमका रोमेलु लुकाकुसँगै सूचीको दोस्रो स्थानमा अटाएका छन् । उरुग्वेविरुद्ध हुने खेलमा भने उनले थप गोल गर्ने सम्भावना छ । विगतका तीन विश्वकपमा कुल तीन गोल मात्र गरेका उनले जारी विश्वकपको पछिल्ला तीन खेलमै ४ गोल गरेर आफ्नो विश्वकप गोलसंख्या ७ पु¥याएका छन् । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता समेत हुन् । उनको गोलसंख्या आगामी खेलमा पनि बढेमा पोर्चुगलले पनि क्वाटरफाइनलको यात्रा तय गर्ने सम्भावना प्रबल छ ।