भिरबाट खसेर एकको मृत्यु

0
Shares

झिल्टुङ, नुवाकोटको बेलकोटगढी नगरपालीका वडा नं ६ की १८ वर्षे एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्तोषी तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । तामाङ गोठालो जाँदा खरानिखोलाको भिरबाट लडेर अन्दाजी ४० मिटर तल पुगी घाइते भएकी थिइन ।

घाइते भएकी उनको हेल्थपोष्ट झिल्टुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोछले जनाएको छ ।