ब्राजिलको ७२औं जित

0
Shares

मस्को, (एजेन्सी)
५ पटकको विश्व विजेता ब्राजिलले जारी विश्वकपमा छैटौं पटक उपाधि जित्ने लक्ष्यका साथ रुसमा डटिरहेको छ। बुधबार राति ब्राजिलले समूहको अन्तिम चरणको खेलमा सर्बियालाई २–० ले हराउँदै विश्वकपमा जित संख्या ७२ पुर्याएको हो। योसँगै विश्वकपमा सर्वाधिक म्याच जित्ने सूचीको पहिलो स्थानमा ब्राजिल रहेको छ।

पहिलो विश्वकपदेखि ब्राजिलले हालसम्म खेलेको १ सय ७ म्याच खेलिसकेको छ।

फिफा विश्वकप सन् १९३० देखि सुरु भएको हो। पहिलो संस्करणदेखि अहिलेसम्म सबै संस्करण खेल्ने विश्वको एक मात्र मुलुक पनि ब्राजिल नै हो। त्यसक्रममा ब्राजिलले खेलेका १ सय ७ खेलमध्ये ७२ मा जित १८ मा बराबरी र १७ म्याचमा हार बेहोरेको छ। ब्राजिलले विश्वकपमा खेलेका उक्त खेलमा २ सय २६ गोल गर्दा १ सय ३ गोल बेहोरेको छ। समूह ‘एफ’ को अन्तिम म्याचमा अप्रत्यासित रूपले २–० ले पराजित भएर जारी विश्वकपबाट बाहिरिसकेको जर्मनीले भने विश्वकपमा सर्वाधिक १ सय १० म्याच खेलेको छ।