ट्रम्प र मार्सेलाबीच रोनाल्डोलाई लिएर जुहारी


लन्डन, (एजेन्सी)
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई अमेरिकी राष्ट्रपतिले ठट्टा गर्दै भने कि उनी वर्तमान राष्ट्रपति मार्सेला रेबेलो डी सोउसाविरुद्ध राष्ट्रपति पदका लागि लडिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै मार्सेलाले बताए कि पोर्चुगल अमेरिकाजस्तो होइन। बुधबार ट्रम्प र मार्सेलाबीच विश्वकपबारे चर्चा भएको थियो। मार्सेला हाल वासिंगटनको आधिकारिक भ्रमणमा छन्। उनले दुई देशबीच राजनीतिक संस्कृतिको अन्तर दर्साएका थिए।

ट्रम्पसँग द्विपक्षीय बैठकमा मार्सेलाले ट्रम्प आगामी सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग विश्वकपबारे चर्चा गर्ने कुरा बताए। उनलाई यो कुरा बताउन नभुल्नु कि पोर्चुगल अहिले पनि दौडमा छ र जितको आशा छ।

पोर्चुगलका राष्ट्रपतिले भने– ‘पोर्चुगलसँग विश्वकै सर्वश्रेष्ठ खेलाडी छन् जसलाई क्रिस्टियानो रोनाल्डो भन्छन्।’ ट्रम्पले पोर्चुगल ज्यादै राम्रो प्रदर्शन गरिरहेको भन्दै र मार्सेलासँग रोनाल्डोको क्षमताबारे पनि सोधे। यसमा मार्सेलाले रोनाल्डो विश्वका सर्वश्रेष्ठ खेलाडी भएको बताए। ट्रम्पले रोनाल्डो पोर्चुगलको राष्ट्रपति पदको भीडन्तमा सामेल हुनेमा पनि सोधेका थिए।

ट्रम्पले मार्सेलालाई आश्वासन पनि दिए कि रोनाल्डो उनीविरुद्ध कहिले पनि राष्ट्रपतिको चुनावमा जित्न सक्ने छैनन्। मार्सेलाले यसमा प्रतिक्रिया दिँदै भने– ‘तपाईंलाई यो कुराको जानकारी हुन जरुरी छ कि पोर्चुगल अमेरिकाजस्तो देश होइन, यो केही अलग छ।’