म्याच प्रिभ्यु: तीनै टोलीको बराबर सम्भावना

0
Shares

समूह एच अन्तर्गत अन्तिम चरणको खेल आज हुँदैछ । जसमा सेनेगलले कोलम्बिया र जापानले पोल्यान्डसँग खेल्दैछ । पोल्यान्ड दुई हारपछि प्रतियोगिताबाट बाहिरिसकेको छ । यसैले बाँकी तीन टोलीका लागि नकआउट चरणमा पुग्न बराबरी मौका पनि छ ।
सेनेगलविरुद्ध कोलम्बिया

सेनेगल र कोलम्बिया यी दुई मध्ये जो विजयी बन्छ त्यही टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । तर बराबरी भएमा अर्को खेलमा जापान पराजित हुनुपर्छ यी दुबै टोली अन्तिम १६ मा पुग्न । जापानको जित भएमा ३ अंक जोडेको कोलम्बिया बाहिरिने छ भने सेनेगल ५ अंकसहित अर्को चरणमा पुग्नेछ ।

यदि सेनेगललाई पराजित गरेमा भने ६ अंक जोड्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्ने अवसर पाउनेछ । यसअघिका दुई खेलमा सेनेगलले पोल्याण्डलाई २–१ ले तथा जापानसँग २–२ गोलको बराबरी खेल्दै ४ अंक जोडेको हो । त्यसैले सो खेलमा तुलनात्मक रुपमा सेनेगललाई भन्दा कोलम्बियालाई जितको दवाब अधिक रहेको छ। त्यसैले आक्रमणमा बढी जोड दिन सक्ने कोलम्बिया सेनेगलविरुद्ध ४–२–३–१ को रणनीतिमा मैदानमा उत्रने सम्भावना छ।

यस्तै सेनेगलले भने ४–३–३ को रणनीति अपनाउन सक्नेछ। जसअनुरूप कोलम्बियाले फरवार्डमा राडामेल फाल्काओलाई स्थान दिन सक्नेछ। उनलाई बल असिस्ट गर्न तथा आक्रमणलाई तिखार्न एट्याकि मिडफील्डमा जुआन कवाड्राडो, जुआन क्वीनटारो, हेम्स रोड्रिग्वेज तथा डिपÞmेंसिभ मिडफील्डमा कार्लोस सान्चेज र विल्मर बारिओसलाई खेलाउन सक्नेछ।

कोलम्बियाको आक्रमणलाई निस्तेज पार्न यता सेनेगलका गोलरक्षक खादिम एनडीए सहित मुस्सा वागुई, कालिडो काउलीबेली, सलिफ साने, यूसुफ सबालीको रक्षापंक्ति घेरालाई हम्मे हम्मे पर्न सक्छ। यस्तै हारबाहेक नतिजा अनुकुल रहने सेनेगलका अग्रपंक्ति सम्हालेका इस्माइला सर्र, एम्बाये निआंग र साडिओ मानेको आक्रमणलाई झेल्न पनि कोलम्बियाका गोलरक्षक डेभीड ओसपिना सहित डिफेन्डरहरु सान्तियागो आरियास, यार्री मिना, डेभिनसन सन्चेज, जोहान मोजिकालाई सजिलो हुने छैन।

सेनेगलको आक्रमणलाई चुस्त पार्न मिडफील्डरहरु इद्रिसा गुइये, अल्फ्रेड एनडीए र चेख कुएटले बल उपलब्ध गराउन सक्नेछ। सो खेलमा सेनेगलका विन्गर साडियो माने, स्ट्राइकर एम्बाये निआंग र डिफेन्डर कालिडो काउलीबेली चम्कने सक्ने छन। यता कोलम्बियन टिम अत्यकिंग मिडफील्डर हेम्स रोड्रिग्वेज, स्ट्राइकर राडामेल फाल्काओ र विन्गर जुआन कÞ्वाड्राडोको प्रदर्शनमाथि बढी निर्भर हुनेछ।


यी दुईले सन २०१४ को ३१ मे मा एक मात्र म्याच खेलेका छन्। अन्तराष्ट्रीय मैत्रीपूर्ण उक्त म्याचमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए।


जापानविरुद्ध पोल्याण्ड

समूह एच अन्तर्गत बिहीबार हुने अन्तिम खेलमा एसियाली राष्ट्र जापानले युरोपेली राष्ट्र पोल्याण्डको सामना गर्नेछ। यस खेलमा जापानलाई अन्तिम १६ मा पुग्न जित अथवा कम्तिमा पनि धेरै गोलको बराबरीको आवश्यता रहेको छ। यसअघिका दुवै खेलमा पराजित भएर विश्वकपबाट बाहिरिसकेका पोल्याण्डलाई जापानविरुद्धको खेल प्रतिष्ठामा सिमित बनेको छ।

तर जापानलाई भने अन्तिम १६ पुग्नका लागि धेरै महत्वपूर्ण बनेको छ। यसै समूहको सेनेगल र कोलम्बियाबीचको खेलको नतीजाले जापानको विश्वकप यात्रामा प्रभाव पार्ने भएकोले जापानलाई ढुक्क हुन जित नै आवश्यक रहेको छ। पछिल्ला दुई खेलमध्ये एकमा जित र अर्कोमा बराबरीको नतिजासँगै जापानले ४ अंक जोडेको छ। यदि पोल्याण्डलाई पराजित गरेमा भने ७ अंक जोड्दै जापान अन्तिम १६ मा प्रवेश गर्नेछ।

जितका लागि केन्द्रित हुने जापानले ४–२–३–१ को रणनीति अपनाउन सक्नेछ । यता पहिलो अंक जोड्ना भौतारिरहेको पोल्याण्डले पनि ४–२–३–१ कै रणनीतिमा खेल्ने सम्भावना रहेको छ। जसअनुरूप पोल्याण्ड रोबर्ट लेवान्दोस्कीको स्ट्राइकिंगसहित एट्याकिङ मिडफील्डरहरु डेभीड कवनाकि, पियोत्र जिलेन्स्की र कामिल ग्रोसिस्की अग्रपंक्तिले जापानी गोलरक्षक ईजी कवाशिमा सहित डिफेन्डरहरु वाटरू इन्दु, माया योशिदा, गेन शोजी, यूटो नागाटोमो र डिपÞmेंसिभ मिडफील्डर गाकु शिबाशाकी र मोकोटो हासेबेलाई ब्यस्त पार्न सक्नेछ।

यता जापानी फरवार्ड शिन्जी ओकाजाकी सहित मिडफील्डरहरु केईसुके होण्डा, शिन्जी कागावा र ताकाशी इनुईले आक्रमण बुन्ने क्रममा पोलिश गोलरक्षक लूकास्ज फाबियान्स्की तथा डिफेन्डरहरु लूकास्ज पिस्जजेक, थिआगो सियोनेक, कामिल ग्लिक, मासियेज राइबस र डिपÞmेंसिभ मिडफिल्डरद्वय जासेक गोरालस्की, कारोल लिनेट्टीको अग्नि परीक्षा लिन सक्नेछ। स्ट्राइकर रोबर्ट लेवान्दोस्की, मिडफील्डर पिओत्र जेलिन्स्की र डिफेन्डर कामिल ग्लिक पोल्याण्डको मुख्य आकर्षण हुनेछ भने अर्को्तिर अत्यकिंग मिडफील्डर शिन्जी कागावा, विन्गर ताकाशी इनुई र स्ट्राईकर शिन्जी ओकाजाकीको प्रदर्शनको भरमा जापानले सनसनी नतीजा आत्मसात गर्न सक्नेछ।


यी दुई राष्ट्रले एकअर्काबीच दुई पटक मात्र खेलेका छन। ती दुवै खेलमा जापान बिजयी बनेको छ। सन १९९६ मा भएको कार्ल्सबर्ग कपमा जापान ५–० ले र २००२ मा भएको अन्तर्राष्ट्रीय मैत्रीपूर्ण म्याचमा जापान २–० ले विजयी बनेको थियो।