विश्वकप कसरी सुरु भयो ?


यस खेलको सरल नियमहरू र विश्वकपको प्रभावले गर्दा पुरुष फुटबल खेल विश्वमा निक्कै लोकप्रिय भयो । विश्वका सम्पूर्ण दर्शक विश्वकप हेर्ने लालसामा प्रत्येक चारवर्ष अधीर भएर पर्खन्छन् ।

सन् १९२८ को २६ मे का दिन एम्सर्टड्याममा बसेको फिफाको एक बैठकले आफूसँग सम्बन्धित राष्ट्रबीच एक बृहत् र खुला फुटबल प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव पारित ग¥यो । उक्त प्रस्तावको पक्षमा २३ मत र विपक्षमा ५ मत खसेको थियो ।

अर्को वर्ष यस नयाँ प्रस्ताव अनुमोदित गर्नका लागि बार्सिलोनामा बसेको फिफाको बैठकमा अर्को मतदान ग¥यो । लामो समयदेखि विचाराधीन रहेको यस कार्यक्रमलाई साकार रूप दिन सन् १९२१ मा फिफा अध्यक्षमा निर्वाचित फ्रान्सका जुलेज रिमेट र फ्रेन्च फुटबल महासंघका महासचिव हेनरी डिलोनले महत्वपूर्ण भूमिका निभाए ।

सन् १९३० को जुलाईमा मोन्टेभिडियोमा भएको पहिलो विश्वकपको पहिलो म्याच शुरू गर्न रेफ्रीले सिटी बजाउँदा यस प्रतियोगिताप्रति विश्वका सम्पूर्ण दर्शकहरु कुनै दिन पागल नै हुने छन् भन्ने कसैले सोचेका थिएनन् होला । तर विश्वकपको सुरुदेखि हालसम्म पनि यसले अपार सफलता हासिल गरी अरबौं दर्शकको मन जित्न सफल भइसकेको छ ।
(स्रोत: साधना, पूर्णांक ५५ , विश्वकप विशेषांक १९९८)