पहिरोले घर बगाउँदा ३ जनाको ज्यान गयो

0
Shares

सिर्जना पन्त , बागलुङ ।

बागलुङ जिल्लाको बरेङ गाउपालिका वडा नम्बर १ मा अबिरल बर्षाको कारण घर बगाउदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।

बरेङ गाउ पालिका बरेङ १ लुरूङमा सोमबार राति परेको पानीले पहिरो आएर घर बगाउदा बिष्णु बहादुर क्षेत्री बिष्णुमाया क्षेत्री र ६ महिनाको छोरी सोनिया क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाढी संगै आएको पहिरोले घर गोठ बगाउदा ३ जनाको मृत्यु भएको अहिले घटना स्थलमा प्रहरीको टोली पुगेर उद्दार गरिरहेको प्रहरीले जनाएको छ ।घर गोठ संगै १ वटा भैंसी ३० वटा कुरा पनि बगाएर मृत्यु भएको छ २ वटा बाख्रा लाई मात्रै ज्युदै उद्दार गरेको छ ।

यस्तै बागलुङ कै जैमुनि नगरपालिका वडा नम्बर १० किटानीमा अबिर बर्षाले याम बहादुर थापाको गोठ बगाउदा २ वटा भैंसी मरेको छ ।जिल्लाको धेरै ठाउँमा पानीले प्रभाब पारेपनि त्यसको बिबरण भने आइपुगेको छैन ।