यी हुन खालिपेट भविश्य बनाएका चर्चित नायक नायिका

0
Shares

नीतू कुमार –

वलिउडका अहिलेका चर्चित अभिनेता नीतू कुमार कुनै बेला यति माेटाे थिएकी मानिसहरू उनकाे मजाक उडाउँथे । यी स्टार अभिनेताले अाफ्नाे लक्ष्य पाउनका लागि निकै मेहनत गरे । लगातार जीम एक्सरसाइजदेखि खानपानमा उनले निकै नियन्त्रण गरे । उनी अहिले निकै फिट छन् । तस्बिर हेर्दा धेरैलार्इ पत्यार लाग्दैन ।

अदनान सामी –

भारतीय कलाकार अदनान सामी एक समय २ सय ३० किलाेका थिए । उनकाे वजन यति बढेकाे थियाे की बिभिन्न बिमारीबाट उनी संङ्क्रमित भएका थिए । त्यसपछि कलाकार अदनानले वजन घटाउने फैसला लिए । अल्काेहल, तेल तथा सुगर छाेडेर उनले यति ताैल घटाए की सुन्दा मानिहरू अहिले पनि तीन छक पर्ने गर्दछन् । खानपिना छाेडेर भाेकै बसन थालेपछि उनले अाफ्नाे १ सय ६० किलाे ताैल कम गरे । अहिले उनी एकदम फिट छन् ।

करीना कपुर –

बलिउडलार्इ साइज जिराेकाे मन्त्र दिने चर्चित अभिनेत्री करीना कपुर कुनै बेला अाफू नै वजनदार थिइन् । उनी बच्चादेखि नै गाेलमाेटल माेटी थिइन् । जव उनी हुर्किदै गइन् तब पनि उनलार्इ माेटाेपनले छाेडेन । तर करीनालार्इ अाफ्नी ठूली दिदीसरह हिराेइन बन्ने चाहना थियाे । अाफ्नाे हिराेइन बन्ने सपना पूरा गर्नका लागि जीम गएर पसिना बगाउन थालिन् । जथाभावी खानाखान छाेडिन् दिनरात शरीर बनाउनकै लागि मेहनत गरिन् । हुन त जतिबेला उनी बलिउडकाे पर्दामा देखिइन् तबसम्म उनी माेटी नै थिइन् । त्यतिबेलासम्म उनी पर्फेक्ट थिइनन् । जसका कारण बलिउडका केही वर्षसम्म माेटी हिराेइन कै रूपमा समेत लिइयाे । उनकाे पहिचान नै माेटी हिराेइन बन्दै गएकाे थियाे ।  तर २००७ सालमा अाएर करिनाले दिइन् सारा भारतलार्इ नै फिटनेसकाे मन्त्र । साइज जिराेकाे मन्त्र । अामा बनेपछि पनि उनले माेटाेपन बढ्न दिइनन् । जिम गएर उनले निकै पसिना बगाएर फ्याटबाट फिट भइन् ।

सोनम कपूर –

अाज बलिउडमा फैशनिस्ता कहलिएकी अभिनेत्री साेनम कपुर एक समय यस्ती थिइन् जव की उनका बाबु अनिल कपुरले समेत उनलार्इ माेटी भनेर चिढाउँथे । अनिल कपुरले साेनमलार्इ लैटीना पपीता भन्ने गर्दथे । १९ वर्षकाे उमेरसम्म साेनमकाे ताैल र माेटाेपन उनका लागि मात्र हाेइन परिवारकै लागि पनि एक समस्या बनेकाे थियाे । बलिउडमा प्रवेश गर्दा र त्यसपछि पनि उनी लामै समय अाेभरवेट नै थिइन् । सावंरियाका लागि जब संजयले साेनमलार्इ अप्राेच गरेका थिए त्यतिबेला साेमन पूरा ९२ केजी ताैलकी थिइन् । उक्त फिल्ममा काम गर्नकालागि साेनमले पसिना बगाएर खाना नखाएर ताैल घटाएकी थिइन् ।

अर्जुन कपूर –  

सोनम कपूरका भाइ अर्जुन कपूर पनि पहिले त खासै तन्दुरूस्त र जिउडाल मिलेका थिएनन् । केही वर्षअघिसम्म पनि बाेनी कपूरका प्यारा छाेरा अर्जुन यस्ता देखिन्थे की उनी हिराे हाेइन डाइरेक्टर बन्ने फैसला लिएका थिए । तर सलमान खानले जबरन अर्जुनलार्इ जिम पठाइदिए र एक्टर बन्ने सल्लाह दिए । दुर्इ सालसम्मकाे कडा मेहनतपछि अर्जुल फैटबाट फिट भए अहिले पनि बलिउडमा उनकाे निकै चर्चा हुने गरेकाे छ । यसका लागि उनले निकै पसिना बगाए खानपानमा कम गरेका थिए ।

आलिया भट्ट –

अालिया भट्टकाे अाजकल निकै चर्चा छ । एका तर्फ फिल्म राजीले २ सय कराेड भन्दा बढी ब्यापार गरेकाे छ । अर्काेतिर रणबीर कपुरसँगकाे उनकाे लभ स्टाेरी खूप चर्चित बन्दै गएकाे छ । अालियाकाे सुन्दरताले मात्र हाेइन उनकाे बुद्धिमता वा ट्यालेन्टका कारण पनि हरेककाे दिल छुने गरेकी छिन् । के अालिया पहिलेदेखिनै यस्तै स्लिम र सुन्दर थिइन् त ? तपार्इँलार्इ जानकारी दिउँ की जब अालिया भट्ट  फिल्म स्टूडेन्ट अफ द ईयरका लागि अडिसन दिनका लागि अाएकी थिइन् त्यतिबेला उनी अाेभर वेट थिइन् । अालिया कुनै पनि एङ्गलबाट हिराेइन बन्न लायक दिखिँदैन थिइन् । तर करण जाैहरले अालिया मै देखे अाफ्नी राधा तर उनले माेटपन घटाउन अाग्रह गरे । अालिया बचपनदेखि नै अाेभर वेट थिइन् । जब अालियाले एक्टर बन्ने साेचिन् अनि जिम जान थालिन खानपानमा विशेष ध्यान दिन थालिन् । यसअवधिमा उनी दैनिक यास्मीन कराचीवालाकाे जिममा गइहेकी छिन् । जसका कारण अाजका दिनमा अालिया यति स्लिम र सुन्दर छिन् ।

सोनाक्षी सिन्हा –

बलिउडमा अाउनु अघि साेनाक्षी सिन्हा करीब ९० किलाेकी थिइन् । उनी बचपनदेखि नै अाेभर वेट थिइन् । उनी जब ठूली हुँदै गइन् उनकाे ताैल पनि बढ्दै गयाे । उनकाे वजन यति बढ्दै गयाेकी उनकाे चिन्ताकाे विषय बन्याे । उनी यति माेटी थिइन् की उनलार्इ स्कूलमा फुटवल टीमकाे गाेल किपर बनाइएकाे थियाे । साेनाक्षी गाेलपाेष्टमा उभिदा नै बिपक्षी टिमलार्इ गाेल गर्न मुस्किल हुन्थ्याे ।

यही माेटाेपन कै कारण पनि उनले कहिल्लै साेचेकी पनि थिइनन् की उनी कुनै दिन अभिनेत्री बन्छु । छाेरीकाे बढ्दाे ताैलका कारण उनकी अामा निकै चिन्तित थिइन् । तर सलमानले अाग्रह गरेपछि साेनाक्षीले जिममा निकै पसिना बगाइन् । नियमित एक्सरसाइज र खानपानकाे सन्तुलन मिलाएर उनले ३० केजी ताैल घटाइन्, बलिउडमा करियर बनाइन् । हाल पनि साेनाक्षीकाे ताैल करीव ६५ केजी रहेकाे रहेकाे भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । साेना म्याडमकाे याे सबैभन्दा दुब्लाे पाललाे अबतार हाे ।

परिणीति चोपड़ा – 

परिणीति त य़शराज प्रोडक्शनकाे मार्केटिंग टीममा अाफ्नाे करियर बनाइरहेकी थिइन् । हिराेइन बन्ने त उनकाे सपना पनि थिएन । उनकाे ताैल कै कारण हिराेइन बन्ने साेचेकी थिइनन् । तर जब परिणतिकाे ताैल कम भयाे, यशराजलार्इ उनकाे अाफ्नाे फिल्मकाे हिराेइन नजर लाग्न थाल्याे । जब परिणति बलिउडमा लञ्च भएकी थिइन् तब उनी अाेभर वेट हिराेइनकाे रूपमा टिप्पणी गरिएकाे थियाे । तर समय क्रमसँगै उनले अाफ्नाे शरीर मेन्टेन गर्न थालिन् त्यसपछि फैट पछि फिट भइन् । उनले यसका लागि धरै पसिना बगाइन् खानपानमा ध्यान दिइन् ।

जरीन खान – 

जरीन खान बचपनदेखि नै माेटी थिइन् । जसका कारण उनले निकै अालाेचना झेल्नु परेकाे थियाे । याे सुन्दा तपार्इँलार्इ अचम्म लाग्न सक्छ कुनै बेला जरीनकाे ताैल १ सय किलाे थियाे । यही माेटपन कै कारण अाफ्नाे पहिलाे फिल्म बीरमा निकै अालाेचना समना गरेकी थिइन् । जरीनकाे ताैल अहिले जम्मा ५७ केजी रहेकाे छ । अाज जरीन एक फिटनेस फ्रीक एक्ट्रेस हुन् उनले समाजिक सञ्जालमा निकै वर्कआउट भिडियो राख्ने गरेकी छिन् । ताैल घटाउन उनले पनि निकै  पसिना बगाएकी छिन् ।

भूमि पेढनेकर – 

भूमि आयुष्मान खुरानाका साथ दम लगाके  हइशामा भूमि पेढनेकर निकै माेटी देखिएकी छिन् । यसपछि उनी  टॉयलेट फ़िल्ममा छाइन्, जसका लागि उनले निकै वजन घटाइन् । धेरैलार्इ थाहा नहुन सक्छ, उनले यश राज बैनरकाे पहिलाे फिल्म दम लगा के हइशा का लागि ३0 केजी वजन बढाएकी थिइन् । भूमि अब फेी एक पटक फिट भएकी छिन्  । पछिल्ला दिनहरूमा उनले सामाजिक सञ्जालमा उनले फिट तस्बिरहरू पाेष्ट गरिरहेकी छिन् ।