विश्वकपमा विवाद र हिंसा


सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपमा अघिल्लो विजेता उरुग्वेले बहिष्कार ग¥यो । किनकी उरुग्वेमा सम्पन्न विश्वकपमा पनि इटालीले भाग लिएको थिएन । यसैको बदला उरुग्वेले चुकाएको थियो । इटालीले विजय हासिल गरेको यस विश्वकपमा अर्जेन्टिनाका तीन खेलाडी ओर्सी, मोन्ली र ग्वेटर इटालीबाट खेलेका थिए । जसमा मोन्टी सन् १९३० को विश्वकपमा अर्जेन्टिनाबाट खेलेका थिए । यसरी दोहोरो नागरिकताको बारेमा आयोजक र रेफ्री पनि मौन बसि दिएर विवाद भयो ।

सन् १९३८ को विश्वकप फ्रान्सम ागर्न दिएको रिसमा अर्जेन्टिनाले र उरुग्वेले पहिलेकै कारण भाग लिएनन् भने स्पेनले गृहयुद्धको कारण तथा अस्ट्रियाले आफनो केही श्रेष्ठ खेलाडीहरु अन्तिम समयमा आएर जर्मनीबाट खेल्न गएकोले प्रतियोगितामा भाग लिएनन् । अन्तिम समयमा यी देशहरुको सट्टा क्युबा र तत्कालीन डच इस्ट इन्डीजलाई भाग लिने अवसर प्राप्त गरे । यस विश्वकपको ब्राजिल र चेकोस्लोभाकियाबीचको खेलमा दुई देशका खेलाडीबीच मारामार भयो । ब्राजिलका जेरे नामक खेलाडीले चेक खेलाडी ओल्ड्रिच नेजडेलको खुट्टा भाँचिदिए र नेजडेल खेल्न नसक्ने भयो र जेरेले रेडकार्ड पाए ।

त्यस्तै अर्का चेक खेलाडी फ्लानिका पनि हात भाँचेर खेल्न नसक्ने भयो । ब्राजिलका एक जना र चेकका एक जनालाई पिटापिट गरेको कारण रेडकार्ड देखाई बाहिर पठाइदिए । जुन खेलपछि १७ जना खेलाडी बीच मात्र भयो । त्यसबेला स्थापन खेलाडी राख्ने नियम थिएन । सन् १९४२ र १९४६ का विश्वकप दोस्रो विश्व युद्धका कारण हुन सकेन ।

सन् १९५० मा ब्राजिलमा जसको विश्वकप अवधिभरि कुनै खास हिंसा र विवाद नभएपनि फाइनल खेला ब्राजिलको हार सहन नसकी तीन जना ब्रालिलियन र उरुग्वेको जीतको खुशीयाली मनाउँदा चार जनाको मृत्युको पंजामा पर्नु प¥यो ।

-साधना