जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

0
Shares

नेपाल समाचारपत्र, सुनसरी ।
जिल्लाको बराह–९ ढोलबज्या बस्ने ५० वर्षीया भुनियादेबी चौधरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

चौधरीलाई सोमबार सोही ठाउँको भैंसी गोठमा बसिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धरान घोपा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।