प्रधानमन्त्री ओलीको सम्बोधन भोलि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रतिनिधिसभाको विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। चीनको ६ दिने राजकीय भ्रमणबाट सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलील सोमबार दिउँसो संसदलाई सम्बोधन गर्ने भनिएको थियो । तर, विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री ओलीले मंगलबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतका कार्यालयको मन्त्रालयगत छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।