संयुक्त राष्ट्रसंघको आरोप



काराकास, (एजेन्सी)
संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा भेनेजुएलाको सुरक्षा फौजले अपराधविरुद्धको सुरक्षा अभियानको नाममा सयौं निर्दोष व्यक्तिको ज्यान लिएको उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायले गरिब बस्तीहरुमा छापा मारी घर–घरमा गएर सुरक्षाकर्मीले युवाहरुलाई गैरकानुनी ढंगले हत्या गरेको आफूसँग विश्वसनीय प्रमाण रहेको दाबी गरेको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुख जेइद राद अल हुस्सेनले भेनेजएलामा कानुनी शासनकै उपस्थिति नरहेको आरोप लगाएका छन्। तर, भेनेजुएला सरकारले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ। भेनेजुयलाले अहिले राजनीतिक र आर्थिक समस्या भोगिरहेको छ।

प्रतिक्रिया दिनुहोस्