सट्टेबाज नागराज पक्राउ

0
Shares

काठमाडौं, (नेस)
अपराध महाशाखा टेकुबाट खटिएको विशेष टोलीले कामनपा–४ पानीपोखरीबाट २ करोड ४० लाख रुपियाँसहित अमृत भन्ने नथमल अग्रवाललाई पक्राउ गरेको छ ।

आईपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिई ठगी गरेको अभियोगमा उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको सिफलमा बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका–२ का ३९ वर्षीय राकेश सिंहलगायतबाट अग्रवालले भारतमा चलेको आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी ललाईफकाई प्रलोभन देखाई विश्वासमा पारेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ ।