मासु अड्किएर मृत्यु

0
Shares

नुवाकोट, (नेस)
मासु खाँदा अड्किएर विदुर नगरपालिका वडा नं १३ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षिय होमबहादुर कोइराला रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

आफन्तको बिहेको भोजमा मासु चाख्ने क्रममा मासु अड्किएर उनको ज्यान गएको बताइएको छ । घाँटीमा हाड अड्किएपछि कोइरालालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याउने क्रममा बाटामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी नायब उपरिक्षक नरहरि रेग्मीले बताउनुभयो ।