ओलम्पिक डे मनाइयो


काठमाडौं, (नेस)
विश्वका १०७ मुलुकमा जुन २३ का दिन ओलम्पिक डे मनाउने गर्दछ । यसै क्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार स्पोर्टस फर अल कमिशनको सकृयतामा ७ प्रदेशमा विभिन्न खेल संस्था तथा स्कुल खेल प्रेमीहरुले गरी जम्मा ६५ विदाको लामो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मिति २०१८ जुन १६ तारिख २३ तारिख सम्म सम्पन्न कार्यक्रममा सवै कार्यक्रममा गरी जम्मा १२ हजार जनाको सहभागीता रहेको थियो । उक्त ८ दिनको लामो कार्यक्रमको समापन नेपाली सेनाको लगनखेल स्थित राज दल गणमा सम्पन्न भएको थियो ।

उक्त ८ दिन सम्म सम्पन्न कार्यक्रमको समापनमा स्पोर्टस फर अल कमिसनको सम्पुर्ण पदाधिकारीहरु, ओलम्पियनहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षक, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राष्ट्रिय संघहरुका पदाधिकारीहरु, विभिन्न स्कुलका विद्यार्थिहरु, शिक्षक, सम्पुर्ण उपस्तिथ अविभावकहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, खेलुद पत्रकार तथा समस्त खेल प्रेमीहरुको उपस्थितीमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा साउथ एशियन ओलम्पिक काउन्सिलका अध्यक्ष तथा माननीय सांसद एवं कार्यक्रमका प्रमुख अतिथी श्री जीवन राम श्रेष्ठले भव्यताका साथमा राष्ट्रिय झण्डाको झण्डोतोलन गरी अन्तराष्ट्रिय ओलम्पिक कमिटीको धुन बजाई ओलम्पियनलाई ओलम्पिक टर्च हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

प्रमुख अथिती श्रेष्ठ सोही अवसरमा विभिन्न कार्यक्रम गरी ओलम्पिक डे २०१८ सेलेब्रेट गर्ने सवै लाई धन्यवाद तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले प्रदान गर्ने गरेको प्रमाण पत्र साथमा प्रशंसापत्र पनि प्रदान गर्नु भयएको थियो ।

कार्यक्रम स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठज्यूको समन्वयमा सम्मपन्न भएको यस समापन समारोहमा नेपाली सेनाका एक टोलीले व्याण्ड प्रस्तुत ग¥यो त्यस्तै नाईटिङ्गल स्कुलले नृत्य प्रस्तुत र नेपाल फेन्सीङ्ग संघले डेमो प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपालका ख्याती प्राप्त बरिष्ठ कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।