ग्रेट हिमालयलाई उपाधी


काठमाडौं, (नेस)
वाइवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु –१६ टि–२० सान क्रिकेट कप २०७५ को उपाधी कब्जा गर्न सफल भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको फाईनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेक्सस एकेडेमी माथि ५ विकेटको जित हात पार्दै उपाधी हात पारेको हो । ग्रेट हिमालयले ३० हजार र नेक्ससले २० हजार नगद प्राप्त गरे ।

किर्तिपूर क्रिकेट मैदानमा बर्षाले प्रभावित गरे पछि १० ओभरमा झारेको फाईनलमा टस जितेर ब्याटिङ्ग रोजेको नेक्ससले ९.४ ओभरमा पुरै विकेटको क्षतीमा ४४ रन मात्र बनायो । टोलीका लागि शाहिल पटेलले १२ बलमा ११ जोड्नु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए । ग्रेट हिमालयका विवेक यादव र अभिषेक थापाले २–२ विकेट लिएका थिए । यस्तै राम सुरत यादव र पियुष के.सीले १—१ विकेट हात पारे ।

४५ रनको लक्षका साथ प्रतिउत्तरमा उत्रेको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ९.१ ओभरमा ५ विकेटको क्षतीमा लक्ष पुरा ग¥यो । विवेक यादवले १४ बलमा १६ रन र अभिषेक थापाले २५ बलमा १५ रन जोडे । नेक्ससका सुभाष बि.क., तृतराज दाश, आविश्कार जोशी र चिराग शाहील १—१ विकेट लिए ।