पश्चिमाञ्चलका खेलाडी प्रती न्याय हुँदै


विजय नेपाली, पोखरा । नेपाली खेलकुद अहिले प्रगतिको विकास तर्फ लम्किदै छ । तर पनि राष्ट्रको लागि खेल्ने खेलाडी पदकको आशा बाहेक अरु केही पाउने आशामा छैनन । खेलकुदको क्षेत्रमा नत पारिश्रमिक नै राम्रो छ नत खेलजिवन ।

तर अब भने खेलाडीहरुले केही भने पनि राहत पाउने भएका छन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीले नेपालमै पहिलो पटक खेलाडीहरुको स्वास्थ तथा दुर्घटना विमा शुरु गरेको छ । खेलकुदको क्षेत्रमा यो नयाँ कार्य हो । जस्ले खेलाडीहरुलाइ थप हौसला मिल्ने छ ।

नेपाली खेल जगतमा वर्षौ देखि खेलाडीहरुको स्वास्थ तथा दुर्घटना विमा प्रती बारम्बार आवाज उठे पनि कागज र भाषणमा मात्र सिमित थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पश्चिमाञ्चल क्षेत्रबाट खेल्ने सम्पुर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमाको शुरूवात गरेको छ ।

पोखरामा सनिवार भलिबलकि राष्ट्रिय खेलाडी मन्जु गुरुङ र क्रीकेटका राष्ट्रिय खेलाडी करण के.सि.ले प्रपोजलमा हस्ताक्षर गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरुवात गरेका छन । खेलाडीको स्वास्थ्य विमा रु २५ हजार र दुर्घटना विमा रु दुई लाख क्षेत्रिय खेलकुद विकास समितिले प्रदान गर्नेछ । पहिलो चरणमा क्षेत्रिय खेलकुद विकास समितिले ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गर्ने छ ।

नेपाली झन्डालाई पटकपटक अन्तर्राष्ट्रिय जगतमा फहराउने खेलाडी घाइते हुदा आफ्नै परिवार लाई गुहार्नु पर्ने अवस्थाले खेलाडिलाइ निकै समस्यामा पार्ने गरेको र अब यस्तो अवस्था न आओस् भनी नवीनतम शुरूवात गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

“पदकको मात्र आश गरे नेपाली खेलकुद विचमा रोकिन सक्छ, यो खेलाडि माथी अन्याय हुन्छ । सधैं भाषणमा मात्र सिमित बिषयलाइ पश्चिमाञ्चलबाट कार्यान्वयनमा ल्याएका छौ । हरेक खेलमा यो समस्या यथावत् छ अब हामिले शुरुवात गरेका छौ सामान्य बिरामी देखि ठुलो खर्छ दुवैलाइ संयुक्त रुपमा अघि लादै आगामी वर्ष थप बढाउदै समस्याको समाधान गछौँ ।” अध्यक्ष पौडेलले बताए । खेलकुदमा पुर्वाधारको मात्र विकासले खेलको विकास नहुने बताउदै पुर्वाधारको विकास संगै खेलाडीलाई प्राथमिकतामा राख्नु पर्ने उनको तर्क थियो ।

यो योजनाको दोश्रो चरणमा जिल्ला स्तरमा समेत लगिने छ । क्षेत्रीय खेलकुद विकास समितिले प्रमुख योजना मध्य खेलाडी स्वास्थ्य तथा दुर्घटना बिमालाइ योजना पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्ध समेत गरेका छन ।

सोहि अवसरमा यूवा तथा खेलकुद मन्त्रालयका उपसचिव जर्नादन रिजालले आगामी आर्थिक वर्ष बाट खेलाडी बिमा र जिवनवृती लागु गर्ने बताए । ” योजनामा परिसकेको छ, अबको आर्थिक वर्षबाट यो योजना लागू हुन्छ । हामिले योजनामा पार्ने काम गरेका छौ । यस्को कार्यान्वयन सम्बन्धित निकायले गर्छ” उपसचिव रिजालले बताए ।

“यो हाम्रो लागि खुसीको कुरा हो, यस्तो योजनाले हामिलाइ थप हौसला मिलेको छ, यस्ले हामिलाइ केही हद सम्म न्याय मिलेको ।” शितो रियो करातेकी खेलाडी बिमला नेपालीले बताइन । खेलाडीको स्वास्थ्य तथा सुरक्षाको जिम्मा लिनु राज्यको समेत दायित्व रहेको उनले बताइन । खेलाडी प्रती राज्य सकारात्मक भए खेलकुदको विकास र सम्वृद खेलकुदको परिकल्पना गर्न सकिने नेपालीले बताइन ।

पुडेन्सियल इन्स्योरेन्स क.लि. को सहयोगमा उक्त बिमा गर्न लागिएको हो । नेपाल,भारत र भुटान बाहेकका राष्ट्रमा खेल खेल्न जादा कम्पनी लाई पुर्व जान्कारी गराउनुपर्ने कम्पनिका मार्केटिङ अफिसर जिवलाल न्यौपानेले बताए। कम्पनिले दस प्रतिशत उपचार खर्च सेवा दिने छ ।