स्विडेन विरुद्ध जर्मनको कठिन जित


काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को समूह एफ तर्फको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै स्विडेन विरुद्ध कठिन जित निकालेको छ ।

इन्जुरी समय सकिन लाग्दा जर्मनीले गोल गर्दै स्वीडेनलाई २–१गोलले पराजित गरेको हो। पहिलो हाफसम्म स्विडेनले जर्मनी विरुद्ध १–० गोलको अग्रता लिएको थियो । स्वीडेनका लागि ओआए टोइभोनेनले गोल ३२ औँ मिनेटमा गोल गरेर जर्मनीलाई दबाबमा राखेका थिए।

जसको जवाफमा जर्मनीका मार्को रुइसले ४८ औँ मिनेटमा बराबरी गोल फर्काए। तर, बराबारीले अर्को चरणमा जाने सम्भावना न्यून हुने अवस्थामा रहेको जर्मनीका लागि टोनी क्रुसले थपिएको समयको ५औँ मिनेटमा गोल गरेका हुन्। जर्मनको यो जितसँगै समूह एफको शिर्ष स्थानमा ६ अंकका साथ मेक्सिको रहेको छ।