२ गोल सहित मेक्सिको विजयी


काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एफ तर्फको खेलमा मेक्सिको विजयी बनेको छ । मेक्सिकोले दक्षिण कोरिया विरुद्ध २–१ गोल गर्दै विजयी बनेको हो । यो जित सँगै मेक्सिको अन्तिम १६ मा पुग्न सफल भएको छ भने दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको छ ।

खेलको २६ औँ मिनेटमा कोरियन खेलाडी जाङ ह्युन्सुले डिबक्स भित्र ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टीमार्फत पहिलो गोल गर्याे । मेक्सिकोका खेलाडी कार्लाेसले पेनाल्टी सुटआउटमार्फत गोल गरे । त्यस्तै खेलको ६६ औँ मिनेटमा हर्नान्डेजले गोल गरे ।

खेलको इन्जुरी समयमा सन ह्युङमिनले गोल गरेर गोलअन्तर छोट्याए पनि अर्काे गोल फर्काउन नसकेपछि हार व्यहोर्दै समूह चरणबाटै बाहिरिनु पर्याै ।