पेनाल्टी मार्फत मेक्सिकोको अग्रता


काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एफ तर्फको खेल दक्षिण कोरिया र मेक्सिको बिच भईरहेको छ । जारी खेलमा मेक्सिकोले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो ।
कोरियन खेलाडी जाङ ह्युन्सुले डिबक्स भित्र ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टीको मौका पाएको हो । खेलको २६ औँ मिनेटमा पाएको पेनाल्टीलाई मेक्सिकोका खेलाडी कार्लाेसले सदुपयोग गर्दै गोल गरेका हुन् । यससँगै मेक्सिको दक्षिण कोरिया विरुद्ध १–० गोलले अघि छ ।