बेल्जियमले फराकिलो जित


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डीको भर्खरै सम्पन्न खेलमा बेल्जियम ट्युनिसिया विरुद्ध ५–२ गोलले विजयी बनेको छ । खेलको छैटौँ मिनेटमा पाएको पेनाल्टी देखि अग्रता लिएको बेल्जियमले ट्युनिसिया विरुद्ध खेलको ९० औँ मिनेटसम्म ५ गोल गर्याे ।

बेल्जियमको तर्फबाट ह्याजार्डले छैटौँ मिनेटको पेनाल्टी र ५१ औँ मिनेटमा गरी दुई गोल गर्न भ्याए भने अर्का खेलाडी लुकाकुले खेलको १६ औँ र ४८ औँ मिनेटमा दुई गोल थप्दै बेल्जियमलाई ४ गोलको अग्रता दिलाए ।

त्यस्तै खेलको ९० औँ मिनेटमा बातस्युयीले १ गोल गर्दै बेल्जियमका लागि ५ गोल बनाए । त्यस्तै खेलको १८ औँ मिनेटमा ट्युनिसियाका लागि ब्रोनले पहिलो गोल गर्दै बेल्जियमको अग्रता छोट्याए भने खाज्रीले इन्जुरी समयमा अर्काे गोल गर्दै ट्युनिसियाका लागि गोल संख्या छोट्याए । ट्युनिसियाले व्यहोरेको हारसँगै समूह चरणबाटै बाहिरिएको छ । भने बेल्जियम अन्तिम १६ मा पुग्न सफल भएको छ ।