ट्युनिसियाको पोष्टमा बेल्जियमको ४ गोल


काठमाडौं ।
जारी विश्वकपको शनिबार भएको पहिलो खेलमा ट्युनिसिया विरुद्ध बेल्जियमले ४ गोल गरेको छ । खेलको ५१ औँ मिनेटमा आफ्ने तर्फबाट दोस्रो गोल थप्दै ह्याजर्डले बेल्जियमका लागि अग्रता दिलाए । उनले ट.्युनिसिया विरुद्ध छैटौँ मिनेटमा पहिलो गोल गरेका हुन् ।

बेल्जियमकै लागि लुकाकुले पनि खेलको १६ औँ र ४८ औँ मिनेटमा गोल गरेका हुन् । ट्युनिसियाले भने खेलको १८ मिनेट जाँदा १ गोल मात्रै फर्काउन सके । यससँगै रोचक बनेको खेल बेल्जियमले ४–१ गोलले ट्युनिसियालाई पछाडि पारेको छ ।