लुकाकुको दोस्रो गोलले बेल्जियम ३–१ले अग्रता


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबल अन्तरगत शनिबारको खेलको बेल्जियमले ट्युनिसिया विरुद्ध ३–१ले अग्रता लिएको छ । रसियाको स्पार्टक रंगशालामा जारी समूह जी अन्तर्गतको खेलमा पहिलो हाफसम्म बेल्जियमका लागि लुकाकुले दोस्रो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।

उनले मात्रै खेलको १६ औँ र पहिलो हाफको अतिरिक्त थपिएको तेस्रो मिनेट जाँदा ट्युनिसिया विरुद्ध गोल गरेका हुन् । खेलको छैटौ मिनेटमा इडेन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए भने १८ औँ मिनेटमा ट्युनिसियाका ब्रोनले गोल फर्काए ।