धरहराका लागि ६ कम्पनीकोे टेन्डर

0
Shares

काठमाडौं, (नेस)
धरहरा पुननिर्माण गर्न ६ वटा कम्पनीले टेण्डर दिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले हिजो धरहराको ंटेण्डर खोलेको हो । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेण्डर आब्हान गरेको थियो ।

प्राधिकरणले अनलाइन मार्फत टेण्डर आब्हान गर्दा सबै चाइनिज कम्पनीसगको ज्वाइन्ट भेन्चरमा टेण्डर हालेको प्राधिकरणले जनाएको छ ।

कुन कुन कम्पनीले टेण्डर दिए भन्ने विषय अहिलेनै खुलाउन नमिल्ने जानकारी गराउदै प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार मुल्याङक भैसकेपछि मात्रै सबै विषय सार्वजनिक गरिने बताउनुभयो ।

उहाले भन्नुभयो– धरहरा निर्माण गर्न सबै कम्पनीले चाइनिजसंग ज्याइन भेन्चर गरेको पाइयो । प्राधिकरणले बिहीबार २ बजे टेण्डर खोलेको थियो ।