विधेयक छलफलका लागि समितिमा

0
Shares

हेटौँडा

प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकले कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी विधेयकलाई छलफलका लागि अर्थ तथा विकास समितिमा पठाउने निर्णय गरेको हो ।

अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले उक्त विधेयकमाथि समितिमा छलफल गरेर सुझावसहितको प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गर्ने बताउनुभयो ।

यसअघि प्रदेशसभामा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भने भइसकेको छ । रासस