अस्पतालले पत्र काटेपछि व्यवसायी अतालिए

0
Shares

यमलाल भुसाल, बुटवल ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलले आफ्नो स्वामित्वको जग्गा खाली गर्न भन्दै पत्रकाटेपछि व्यवसायीहरु अतालिएका छन ।

वर्षौंदेखि अस्पताललाई भाडा तिरेर व्यवसाय संचालन गरिरहेका ३५ जना व्यवसायिक प्रतिष्ठानले अस्पतालले विना परियोजना आफूहरुलाई विस्थापित गर्न खोजेको गुनासो गरेका छन् ।

अस्पतालको उत्तर तर्फको १६ कठ्डा जग्गालाई खाली गरी कम्पाउड वाल लगाउने भन्दै अस्पतालले व्यवसायीलाई आईतवार पत्र काटेपछि व्यवसायीले ठोस परियोजना नबनाई हतारमा व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

अस्पतालको जग्गामा व्यवसायी गदै आएका व्यवसायी राजु न्यौपानेले त्यहां रहेका ३५ वटा व्यवसायिक प्रतिष्ठानले ५० रुपैयां प्रति स्क्वायर फुटका दरले अस्पताललाई जग्गा भाँडावापत मासिक करिब १३ लाख रुपैयाँं बुझाउंदै आएकोमा अस्पतालले कुनै परियोजना स्वीकृत नगरी जग्गा खाली गर्नु न्यायोचित नभएको बताउनु भयो ।

अस्पतालले के बनाउने भन्ने आधिकारिक निर्णय नगरी हतारमा व्यवसायीलाई विस्थापित गर्नु उपयुक्त नभएको गुनासो न्यौपानेका छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. कृष्ण खनालले अस्पतालले खाली गर्न भनेको क्षेत्रमा ट्रमा सेन्टर बनाउने छलफल भए अनुसार जग्गा खाली गर्न पत्र काटिएको बताउनु भयो । ‘ट्रमा सेन्टर बनाउने निर्णय चाँंही भएको छैन, तर छलफल भएकाले साविकको निर्णय वमोजिम जग्गा खाली गराउन पत्र काटिएको डा.खनालले बताउनु भयो ।

अस्पताल विकास समितिको गत २०७४ भदौ ७ गतेको निर्णय अनुसार जग्गा खाली गराउन पत्र काटिएको हो । व्यवसायीले ट्रमा सेन्टरमा बन्ने व्यवसायिक सटरहरु भाडामा लगाउँंदा पहिल्यैदेखि व्यवसाय संचालन गरिरहेका पुराना व्यवसायीलाई प्राथमिकता दिनुपर्ने माग गदै बुधवार अस्पतालमा डेलिगेशन गएकान थिए । अस्पतालले भने बक्यौता रकम समेत बुझाई जग्गा खाली नगरे कानुन वमोजिम कारवाही गर्ने पत्रमा उल्लेख गरेको छ ।