बस दुर्घटना हुँदा १९ जना घाइते, २ जनाको अवस्था गम्भिर

0
Shares

नेपाल समाचारपत्र, धनकुटा ।

रौतहटबाट कृषी भ्रमणमा हिडेको बस धनकुटाको कार्कीछाप नजिक चारखोले गोलाईमा ब्रेक फेल भई दुर्घटना भएको छ ।

दुर्घटनामा १९ जना घाईते भएका छन् । घाइतेहरुको थप उपचारको लागि धरान तर्फ पठाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक रमेश विक्रम शाहीले जानकारी दिनु भयो ।

सोे मध्ये २ जनाको अवस्था चिन्ता जनक रहेको पनि बताउनु भयो । दुर्घटनाको उद्घार सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको थियो ।