श्रेष्ठद्धारा मिडिया सोसाइटीको अध्यक्षबाट राजीनामा

0
Shares

काठमाडौं, नेस ।
नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले मिडिया सोसाइटी नेपालको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

मंगलबार जारी गर्नुभएको उहाँको राजीनामा पत्रमा मुलुकमा अनेकौं राजनीतिक व्यवस्था परिवर्तन भइसक्दा पनि पत्रकारितामा राजनीतिक सिन्डिकेट हाबी हुन नछोडेको र सरकारले समेत संस्थागत रुपमा भन्दा राजनीतिक पार्टीसँग आबद्ध पत्रकारहरुलाई नै प्रोत्साहन एवम् प्रश्रय दिने प्रचलन नहटेकाले राजीनामा गर्नुपरेको उल्लेख गरिएको छ ।

एक जना व्यावसायिक र स्वतन्त्र पत्रकारको हैसियतले पत्रकारिता सँग सम्बन्धित संघ–संस्थामा रहेर निष्पक्ष रुपमा कार्य सम्पादन गर्न नसकिने देखिएकाले आफूले राजीनामा गर्नु परेको सोसाइटीका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले उल्लेख गर्नुभएको छ ।