नेयमारको हेयर स्टाइलकै चर्चा

0
Shares

मस्को, (एजेन्सी)
रुसमा जारी विश्वकपअन्तर्गत ब्राजिल र स्विजरल्यान्डबीचको खेलमा नेयमारमाथि सबैको ध्यान केन्द्रित भएको छ। खेलभन्दा पनि उनको हेयर स्टाइलमा सबैले ध्यान दिएका थिए। उनी नयाँ हेयर स्टाइलमा खेल्दा सामाजिक संजाल प्रयोगकर्ताले थरिथरिको कमेन्ट गर्न थाले लागे। कसैले केश हो कि मेक्रानी त कसैले नेयमारको हेयर स्टाइललाई चाउचाउ र पास्ताझंै देखेको बताए।

यसअघि १९९८ विश्वकपमा फ्रान्सका पुरै टोलीले खैरो हेयर स्टाइल बनाएका थिए। त्यतिबेला कोचसँग केही विषयमा शर्त लागेको थियो। खेलाडीले बाजी हारेर उनीहरूले हेयरमा रंग लगाउनुपरेको थियो।