शत्रुको टाउको काटेर फुटबल खेलियो


हाम्रो सामू साना ढुंगा वा कुनै वस्तुको टुक्राहरू लडिरहेका छन् भने तिनलाई खुट्टाले फ्याट्ट हिर्काउन वा हान्न मन लाग्नु स्वभाविकै हो। झन् केटाकेटी वा युवा अवस्थामा त यस्तो तृष्णा नहुने कुरै भएन। हामीसँग फुटबलबारे प्राचीनतम लेखोटको अभाव भए पनि यसैबाट अनुमान लगाउन सकिन्छ कि कुनै न कुनै प्रकारको फुटबल मानव सभ्यताको उषाकालदेखि नै प्रचलनमा थियो र यससम्बन्धी प्राचीन कथाको पनि कुनै कमी छैन।

प्राचीन कालमा युरोपका केही जाति मानिसको काटिएको टाउकोलाई फुटबलको रूपमा प्रयोग गर्दथे। यस्तो फुटबल युद्धमा हार खाने पक्षका सैनिकको टाउको छिनालेर खेल्ने गरिन्थ्यो। पछि रोमनहरूले यो खेललाई आफ्नो सैनिकको अभ्यासमा समावेश गरी विकसित तुल्याए। रोमन सैनिकले नै कालान्तरमा फुटबललाई बेलायतमा भित्याएको विश्वास गरिन्छ।

आज फुटबल खेल विश्वकै एक अति नै सरल र लोकप्रिय खेल सावित भएको छ। आधुनिक ढाँचा बेलायतबाट शुरू भए पनि यस खेलको प्रचलन प्राचीन कालमै थियो भन्ने कुरामा शंका गर्ने ठाउँ छैन।

यो खेल बेलायतमा १२औं शताब्दीमा शुरू भएको थियो। तर सन् १३२४ मा बेलायतका तत्कालीन राजा एडवार्ड द्वितीयले यस खेललाई आफ्नो देशमा प्रतिबन्धित गरे। त्यसै गरी उनका उत्तराधिकारी एडवार्ड तृतीयले सन् १३४९ मा, रिचर्ड द्वितीयले सन् १३८९ मा र हेनरी चतुर्थले सन् १४०१ मा यस खेलमाथि प्रतिबन्ध लगाए।

स्कटिस शासकले पनि आफ्ना जनतालाई यो खेल खेल्न रोक लगाए। तर राजाले आफ्ना जनताको रुचिलाई भने प्रतिबन्ध लगाउन सकेनन् र विस्तारै उदार नीति अपनाउन थाले। जसले गर्दा फुटबल अति नै लोकप्रिय हुँदै गयो। खास गरी विद्यालयमा यसप्रति मरिहत्ते गर्नेको ओइरो लाग्न थाल्यो। तर त्यसबेला खेलको निश्चित नियमहरू भने बनेका थिएनन्।

थ्रिङ र डेविनटन भन्ने मानिसले एकनासका नियम प्रतिपादन गर्ने निधो गरी काम शुरू गरे पनि थ्रिङले १० वर्षपछि मात्र सफलता पाए। फुटबलसम्बन्धी नियम पहिलोपल्ट सन् १८६२ मा लागू गरियो र सन् १८६३ मा ती नियमको संशोधन गरियो। यसै वर्ष बेलायतको ‘फुटबल संघ’ स्थापना भयो र सन् १८६४ मा फेरि नयाँ नियम लागू गरिए।

फुटबलको पहिलो अन्तर्राष्ट्रिय खेल बेलायत र स्कटल्यान्डका बीच भएको थियो। खेलको लोकप्रियता बढेको देखेर ७ वटा देशको प्रतिनिधिले सन् १९०४ मे २१ का दिन भेट गरी ’फेडेरेसन इन्टरनेसनल डे फुटबल एसोसिएसन (फिफा) को स्थापना गरे। फिफाले सन् १९३० मा मोन्टेभिडियोमा पहिलोपल्ट अन्तर्राष्ट्रिय ’वल्र्ड फुटबल च्याम्पियनसिप’ को आयोजना ग¥यो र यस खेलमा ओलम्पिक च्याम्पियन उरुग्वेले ’जुलियस रिमेट ट्रफी’ (फिफाका अध्यक्ष नाममा राखिएको पदक) हासिल ग¥यो। भारतीय उपमहादेशमा भने अंग्रेजले यो खेल भित्याएको देखिन्छ।

जापान र कोलम्बियाले एक आपसमा ३ पटक खेलेका छन्। जसमा कोलम्बियाले २ पटक जित्दा १ खेल बराबरीमा टुंगिएको छ। गत ब्राजिल विश्वकपमा पनि जापानलाई कोलम्बियाले ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।