कोलम्बियाको आशा रोड्रिग्वेजमाथि


सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका जेम्स रोड्रिग्वेजले रसिया विश्वकपमा पनि उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ। उनी कोलम्बियाका प्रमुख हतियारसमेत हुन्। ब्राजिल विश्वकपमा उनले ५ गोल गरेका थिए। गत सिजन रियल मेड्रिडबाट बायर्न म्यूनिख गएका उनले जर्मन बुन्डेसलिगामा उत्कृष्ट प्रर्दशन गरेका थिए।

बायर्नबाट उनले ८ गोल गर्दै १४ पास उपलब्ध गराएका थिए। यस्तै ३२ वर्षका फल्काओ पनि कोलम्बियाका हतियार हुन्। उनले पछिल्ला २ सिजनमा मोनाकोबाट ५४ गोल गरेका थिए। उनले रसियामा कोलम्बियाको नेतृत्व गर्नेछन्। डिफेन्डर डेभिन्सन सान्चेस टोटेनह्यामबाट उत्कृष्ट खेल्दै आएका छन्। उनी पनि कोलम्बियाका महत्वपूर्ण खेलाडी हुन्।