मोतीराम तिमल्सिना, काभ्रे ।
बनेपा बसपार्कमा सवारी साधन प्रवेश रोकेको केहि दिन भईसकेको थियो । बसपार्कको भित्री भागको उपभोक्ता समिति मार्फत ढलान गरिसकिएको छ । नगरपालिका प्रवेश गर्ने बसपार्कको प्रवेशद्धार देखि नगरपालिकाको मुल गेटसम्म आईतबार एकाएक डोजर चल्यो । डोजरले सडकबाट ६ इन्च माटो निकाल्यो ।
माटो निकालिएको स्थानमा क्याल्सियम कार्बाेनेट पाउडर छरियो । जसका कारण माटो सेताम्य देखियो । त्यसको उदेश्य थियो माटोमा भएको पानी सोस्ने । चिसो माटो भएकाले क्याल्सियम कार्बाेनेट राखिएको थियो । ओभानो स्थानमा त्यो पाउडर प्रयोग गर्नु पर्र्दैन । डोजर चलिरहँदा पानीको ठुलो ड्रममा एग्रिलिंक स्टाईलिङ्ग क्रस लिंङ्गकिङ्ग पोलिमर घोलियो । साबुन र सरफको गाज उठेजस्तो ड्रमबाट सेतो फिँज निस्कियो । सर्वसाधारणहरु सडकमा के गर्न लाग्या भन्दै घेराउ गर्दै थिए । नगर प्रमुख लक्ष्मी नरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, वडा अध्यक्षहरु, कर्मचारीहरुको बाक्लो उपस्थिती थियो ।
सेतो फिँज सहितको दुध जस्तो पानी हजारी मार्फत सडकमा खन्याईयो । नगर प्रमुख बादे, उपप्रमुख सापकोटा सहितले अभियानको शुरुवात गरे । फेरी डोजर चलाईयो र निकालेको ६ इन्चको माटो खन्याईयो । डोजरले माटो घोलिसकेपछि लोडरले सडक थिच्यो र सम्म बनायो । सर्वसाधारणहरुले हे¥या हे¥यै दुई घण्टामा दुई सय मिटर सडक पिचको कार्य सम्पन्न भयो । ‘नगरपालिकाले उक्त सडकलाई परिक्षणको रुपमा प्रयोग गरेको हो’–नगर प्रमुख लक्ष्मी नरसिं बादेले भने–‘अमेरिकन प्रविधि मार्फत हुने यो प्रयोग सफल भयो भने हामी नगरका अन्य सडकहरुमा प्रयोग गर्ने छौं । ’
यो प्रविधिका लागि ग्राभेल, रोडा, ढुंगा, नयाँ माटो, सिमेन्ट केहि चाँहिदैन । जस्तो सडकमा पनि यो प्रविधिको पिच गर्न सकिन्छ । उक्त प्रविधिले माटोलाई कडा बनाउँछ । ‘स्वाईल स्टेपलाईजिङ्ग भएपछि सडकलाई जाम गराउँछ र हल्लिन दिदैन । २० टन देखि ७ सय टन भार क्षमता धान्ने उक्त प्रविधि नेपालमा परिक्षणमा रुपमा शुरु गरिएको हो’–इको सेन्ट्रिक नेपाल प्रा.लि ललितपुरका सुनिलकुमार लोहियाले भने–‘हामी कम्पनी पनि दर्ताको प्रकृयामा छौं, अमेरिकीन एक कम्पनीसँगको सहकार्यमा नेपालमा यो प्रविधिको परिक्षण गरी प्रयोगमा ल्याउने तयारी गरेका हौं ।
२०१६ सालमा हरिसिद्धीमा यो प्रविधि प्रयोग गरेर असफल भएको थियो । यसको आयु ५ वर्ष मात्रै हुनेछ । ग्रामिण भेगका सडकमा यो उपयोगी मानिन्छ । माटोलाई कडा बनाएपछि यसले जस्तोसुकै भार पनि थाम्न सक्नेछ । खर्चको हिसावले अत्यन्तै कम लाग्ने उक्त प्रविधि सफल भयो भने नेपालका हरेक सडकमा यस्तो प्रविधिबाट सडक पिच गर्दा सम्वृद्धीको यात्रा चाँडै पुरा हुनेछ ।
नगरपालिकाले यो प्रविधिको प्रयोगका लागि डोजर, लोडर मात्रै उपलब्ध गराएको छ । उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले शुरु गरेको परिक्षण सफल भयो भने ग्रामिण भेगका सबै सडकमा यस्तो कार्यक्रम लागु गर्ने तयारी भएको छ । प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेले नगरपालिकामा गरिएको यो परिक्षणले सिङ्गो नगरका सडकहरुलाई चाँडै बलियो र भरपर्दाे बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए ।











प्रतिक्रिया